पूर्वाभास

जब म कतै नभएको बेला कतै भएको आभास हुनेछ कतै नजिकै भएको आभास हुनेछ। सुन्नु बिस्तारै झ्यालबाट सुस्तरी घुस्रिरहेको पातलो हावालाई त्यहाँ केही सन्देश हुनसक्छ मेरो। अथवा महसुस गर्नु मैले फेरेको श्वासको गति या मेरो मुटुको ढुकढुकीलाई र लुकाइदिनु आफ्नो छातीमा। जब म कतै नभएको बेला.. @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin […]

पानीढलो

तिमी प्रेममा बन्धन खोज्थ्यौ म चाहन्थेँ-उन्मुक्तता। फरक छ जम्नु र फैलिनुमा। फरक छ रुख हुनु र आकासिनुमा। म चाहन्थेँ एउटा उडान बतासको लयमा निर्बाध.. जब चुपचाप बसेका ढुकुरका जोडीलाई हेर्दै तिमीले कसम खाएकी थियौ- नछुट्टिने। हो ठ्याक्कै त्यही विन्दु थियो हाम्रो प्रेमको पानीढलो। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]

झिँगा परेको सम्बन्ध

उम्लिँदा उम्लिँदैको चियाजस्तै थियो सम्बन्ध। तातो- बाफिलो- तरोताजा… गफै गफमा समय यसरी घर्कियो कि! चि~सो भएको पनि थाहै भएन! आजकल सम्बन्ध सेलाएर छाली परेको छ र जमेको छ कट्कटिएर मनको छेउछाउ कुनाकानी! झिँगा पसेको चियाजस्तै रहलपहल प्रेम- पिउन सकौँला र? मलाई त शङ्कै लाग्छ! @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger […]

सिद्धिचरण श्रेष्ठको कविता- प्रतिविम्ब

क्यै हारे झैं, क्यै बिर्से झैं, को त्यो पथमा आइरहेको ? कुक्कुर जस्तै लुरु लुरु हिंड्दै, दुर्बलताले पीर निखन्दै, को त्यो पथमा आइरहेको ? दुइटा लठ्ठी, एउटा ढुङ्गा, ढुङ्गा मास्तिर एउटा फर्सी राखी, यो हो मानिस भन्दै बालकहरुले तानि रहे झैं, को त्यो पथमा आइरहेको ? सत्य नचिन्ने, झूठ अँगाल्ने, गिर्दे तलतल म उठें भन्ने। […]

प्रस्ताव

त्यो मुटुमा पस्ने कुनै द्वार छ कि छैन? प्रेम परिक्षा पास हुने आधार छ कि छैन? बस्न मन छ आँखैभित्र चिहाउँदै हृदयलाई। मेरै यादमा धड्किएको संसार छ कि छैन? बोल्न मन छ ति ओठबाट शब्दहरु सम्हालेर। ‘विस्मय!’मा अर्पित कुनै उद्गार छ कि छैन? @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]

मन त यस्तै हो!

मन त लाग्छ नि! भागेर जाउँ कतै यो समाजभन्दा पर। पुग्न सकुँ यति टाढा कि छेउछाउ नरहुन् विरोधीहरु। मन त लाग्छ नै पाइयोस् सोचेजति कुराहरु र फेरिरहुँ शान्तिको लामो सास। मन लागेर मात्रै हुन्छ र? छोड्देऊ! दुनियाँमा चाहेजति सबै कसले पो पाएको छ र? मन त यस्तै हो जे पनि सोच्दिन्छ! @ विस्मय ! 0 […]

खुमारी

रित्तो गिलासझैँ तिम्रो छेउमा थिएँ म थोपा थोपा भर्दै गयौ प्रेमले र म मात्तिएँ। तिमीलाई थाहा छ नि! मातेको मान्छेमा होस् हुँदैन चेत हुँदैन। न विगतको सन्ताप न भविष्यको अन्यौल … सबथोक हराउँछ- जब होस हराउँछ। प्रेमको खुमारी बोकेर एउटा जीवन बिताउनुछ तिमीसँग अब मलाई होसमा आउनुछैन। @ विस्मय ! 0 Facebook 0 Twitter 0 […]

दूर भएँ म…

जोगाइराख्न सम्बन्धलाई मजबूर भएँ म। यति करिब भएँ कि दूर भएँ म…   @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

लर्को

एउटा लर्को थियो एयरपोर्टमा घर खोज्न घरबाट निस्किएकाहरुको। एउटा लर्को अर्को थियो घर बनाउन घरबाट निस्किएकाहरुको। एउटा अर्को पनि लर्को थियो सिमानामा- भूकम्पले ऋणले अभावले गरिबीले बेघर भएर घरबाट निस्किएकाहरुको। फर्किएला त कोही? या कतै आफैँलाई बिर्सिएर बेपत्ता होला बिरानो शहरमा? @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 […]

संशय

खुसी छु- म मरेको छुइनँ, जिउँदै छु। तर खुसी पनि के जताउँ र! सास फेर्नु मात्रै जीवन हो र? @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp