मोबाइल

बिहानै उठ् भनेर चिच्याउँछ
र म उठ्छु ।
पानी पिउने बेला भयो भन्छ
पानी पिउँछु ।

कसैले सम्झिन्छ त मलाई
उसैबाट सम्झिन्छ ।
कसैमा बिर्सिन्छु त म
उसैमा डिलिट भएर हराउँछु ।

मोबाइल-
मेरोो श्वासभन्दा अनिवार्य
हु त फगत यन्त्र न हो !
तर पनि सोचमग्न हुन्छु-
म उसलाई चलाइरहेँछु
या
उसले मलाई चलाइरहेछ ?

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *