तितो लाग्छ जति जे छ,
आफन्तको झन्, कुरै के छ !
तितो लाग्छ हरेक क्षण,
जस्तो ति~तो सम्बन्ध छ ।
तितो लाग्छ घाम पानी,
जूनको शितल तितो लाग्छ ।
तितो लाग्छ भोग विलास,
सुख सयल तितो लाग्छ ।
सम्बन्ध छन् झनै तिता,
प्रेमील कुरा तितो लाग्छ ।
तितो लाग्छ- बोली भाका
हेर्ने आँखा तितो लाग्छ ।