कहिलेकाहीँ लाग्छ
कोही बोलिरहँदा-
मानौँ
कोही मन्त्र जपिरहेछ
टा~ढा कतै मन्दिरमा ।
मानौँ
निस्किरहेछ
कुनै सुन्दर दिव्यानुभूति
शब्द शब्दमा…
म एकाकार हुन्छु
र हराउँछु
आह!
निमग्न डुबाइ
गहिरो समाधि…
कहिलेकाहीँ लाग्छ
कोही बोलिरहँदा-
मानौँ
कोही गाइरहेछ
र म गइरहेछु कतै
निर्वाणको खोजीमा !