प्रतिविम्ब

धुम्म धूवाँ
धुस्स धूलो
अस्पष्ट थियो एउटा आकृति
जो
मेरै सामु थियो उभिएको ।

मनभरी वेदना
आँखाभरी सपना
ओठमा पातलो मुस्कान
अनि
मुहारभरी रहर बोकेर
थोरै दुःखको कहर बोकेर
मैजस्तै हाँसिरहेको
मैजस्तै बाँचिरहेको
त्यो को थियो ?

दुरुस्तै मेरै प्रतिविम्ब जस्तै
ठ्याक्कै मैजस्तै
साँची, त्यो को थियो ?

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *