अनुहारविहीन अनुहार लिएर
बिहानै बिउँझिएँ ।
अनुहार लगाएँ
र चोकमा निस्किएँ ।
एउटा पहिचान छ
बाहिर सडकमा कतै
मेरो अनुहारको ।
एउटा पहिचान छ
मित्र-परिजनमा
अर्कै अनुहारको ।
तिमीले चिनेको अनुहार
सायद
यो नहुन पनि सक्छ
अथवा हुन पनि सक्छ ।
आज हामी भेट्नै दिन हैन र ?
उसो’भा पख एकछनि
अनुहार बदल्नैछ…