मनमा एउटा ठाउँ छ, जहाँ असह्य घाउ छ,
घाउ भित्र पिडा छ, पिडामा कसैको नाउँ छ ।
मनको लगाम बेलगाम छ, गुमनाम अनी अञ्जान छ,
बसेको छ सन्नाटामै आउन बाँकी तुफान छ ।
फगत एउटा मन छ, जसको मन नै बेमन छ,
मनभित्रै उजाडिँदो एउटा सानो गाउँ छ ।
गाउँमै एउटा ठाउँ छ, जहाँ असह्य घाउ छ,
घाउ भित्र पिडा छ, पिडामा कसैको नाउँ छ ।
मनमा एउटा ठाउँ छ, जहाँ असह्य घाउ छ,
घाउ भित्र पिडा छ, पिडामा कसैको नाउँ छ ।