जिन्दगीको मोडमा

मझधारमा डुबिसकेँ
भो पहरा- मलाई नदेऊ ।
धेरै पर बगिसकेँ
भो किनारा- मलाई नदेऊ ।

डुबिएला, तैरनेछु
ठोकिएला, तङ्ग्रिनेछु ।
भेटिएला सागर कतै
भो इसारा- मलाई नदेऊ ।

हिँजोसम्म घृणा थियो
मनभरि पीडा थियो ।
आज बरु समर्थ छु
भो सहारा- मलाई नदेऊ ।

यो जिन्दगीको मोडमा
भो सहारा- मलाई नदेऊ ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *