तेस्रो व्यक्ति

कसैसँग जोडिएसी- पूर्णता मिल्छ
कसैसँग जोडिएसी-
झन एक्लो हुन्छ मान्छे ।

कोही मात्रै हुन्छ त्यस्तो व्यक्ति
जोसँग जोडिएसी
बिलाउँछ एक या दुईको अस्तित्व
र भेटिन्छ एउटा नयाँ परिभाषा
सम्बन्धको.. मिलापको…

शब्दातीत
भावातीत
व्याख्यातीत !

तिमीले पनि कुनैदिन
खोज्नुपरे कोही एकमा आफूलाई
त्यही तेस्रो व्यक्तिलाई पर्खनु ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *