मानिस हराएको सूचना

सडक छेउ भित्तामा टाँसिएको थियो कुनै नौजवानको फोटो र लेखिएथ्यो- ‘मानिस हराएको सूचना’ सोच्छु, साँची ति हराएकाहरु घर फर्किए कि फर्किएनन् होला? अथवा गए कतै भने पनि कता गए होलान्? पाए होलान् त आफूले रोजेको जीवन? भेटे होलान् त आफ्नो सपनाको क्षितिज? पुगे होलान् त चाहनाको गन्तव्यमा? कि कतै भड्किएर हराए विरानो शहरमा? @ विस्मय […]

टाढाबाट हेर्दा त!

टाढाबाट हेर्दा त सुन्दर देखिन्छ हिमाल पनि राम्रै देखिन्छ आगो आकाश नदी.. स्वरुपको प्रकटीकरण तब हुन्छ जब, छोइन्छ, छामिन्छ देखिन्छ, बुझिन्छ टाढाबाट हेर्दा त सग्लै देखिन्छ मान्छे पनि छोएका छौ, हृदयको संवेगलाई? छामेका छौ, अन्तर्यको संवेदना? अलिक नजिक गएर हेर फरक आफैँ बुझ्नेछौ! @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]

रहरभरि मनभरि

तिम्रै याद चलिराख्छ, रहरभरि मनभरि भित्रभित्रै बलिराख्छ, रहरभरि मनभरि। सपना छ कुल्कुलाउँदो, सँगै हाँस्ने सँगै रुने सामिप्यमा मस्त भइ तिम्लाई छुने तिम्रै हुने। काखमा तिम्रो निदाउँदै, आकाश छुने चरासरि रङ्गमञ्च झैँ खेलिराख्छ, रहरभरि मनभरि। हतार छैन जाउँ कतै, पुगुँ कतै अर्कै भूगो‌ल बसुँ बरु निर्लिप्त भइ एकाकार भइ सगो‌ल। रमुँ, झुमुँ, मुग्ध हुँदै, हराउँ आफ्नै […]

गजल- आमा तिम्लाई हँसाउन

आमा तिम्लाई हँसाउन मुस्कान बेच्न सक्छु मेरो मुटुभित्र ठडिएको इमान बेच्न सक्छु मेरो। यो जिन्दगी के हो र पाएको छु संसार हेर्न पाएको छु यदी भने! वरदान बेच्न सक्छु मेरो। पुगेको छ,बाँचेको छु, ठाडो शीर उभिएर उठाउन तिमीलाई सम्मान बेच्न सक्छु मेरो। काँ पुगौँला म? छुट्टिएर- तिम्रै पाउको ओरिपरी बतासिएँ कतै भने उडान बेच्न सक्छु […]

म को हुँ?

म बुझ्दिनँ यो विराट ब्रह्माण्डको भेद । म जान्दिनँ यो विशाल सृष्टिको अन्तर्य । मलाई धेरै कुरा याद छैन- आकाश, बादल पहाड र पर्वतको विज्ञान । इतिहास, दर्शन धर्म र परम्पराको ज्ञान । प्रेमको गणित सम्बन्धको परिभाषा दैनिकीको समिकरण र जीवनको आयतन । मैले सबै बिर्सिएँ… याद गर्नुपर्थ्यो? उसो भए बताऊ न ! म को […]

कविताको स्वप्नशिखरबाट

केही किरमिर शब्द थिए विशृङ्खलित मैले शब्द निफनेँ र हार लगाएँ । तिनै शब्दहरु जुन तिमी बोल्छौ जुन म बोल्छु । केही अस्पष्ट भाषा थिए मुखर हुन बाँकी मैले थोरै आवाज दिएँ र तिमीलाई सुनाएँ । सायद त्यही कविता भयो । कविताको स्वप्नशिखरमा पुगेर यसरी स्खलित हुन्छु मानौँ चरमोत्कर्ष महसुस गर्दैछु । @ विस्मय ! […]

प्रतिविम्ब

मैले कहिले भनेँ म तिमीलाई प्रेम गर्छु भनेर ! मैले त केवल भनेको थिएँ म आफूलाई प्रेम गर्छु । मभित्र त, जहाँ अतल भन्दा अतल गहिराइमा पनि तिमीले खोजे पाउनेछौ आफ्नै रुपको प्रतिविम्ब । @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

पहिलो प्रेम

अपलक हेर्थे प्रेमिल हेराइ तिम्रा आँखाभन्दा बाटुला शब्दहरुले । बिस्तारै फुस्फुसाउँथे ओठभन्दा रसिला भावहरु । लहराउँथे रुपम, उपमा र प्रतिकहरु जसरी लहराउँछन् हावामा तिम्रो केश । मोहनी ! या थियो एउटा उदात्त प्रेमको आह्वान । माफ गर प्रिय ! म तिमीलाई होइन तिम्रा कवितालाई प्रेम गर्थेँ । @ विस्मय ! 0 Facebook 0 Twitter 0 […]

कुर्न सक्नुपर्छ त्यसैगरी…

भेट्न सक्नुपर्छ त्यसरी जसरी मिल्छन् दुई नदी र बग्छन् एकाकार भएर- समुद्रसम्मै । छुट्न सक्नुपर्छ त्यसरी जसरी गहिरो चुम्बनपछि पनि छोड्छ भमरा- फूलको न्यानोपन । प्रेम, घृणा, मिलन, बिछोड… प्रिय! संसारको ऋत सम्झनु । कुर्न सक्नुपर्छ त्यसैगरी जसरी मृत्युले कुर्छ मान्छेको आयु एउटा जीवनभर । @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 […]

प्रेमको प्रत्यञ्चा

लङ्काको रावणलाई जित्न नसकुँला म तर मनको रावण जित्नेछु। सुम्पेर सबैथोक तिमीलाई सजाइदिनेछु अशोकवाटिका। पर्खुँला, तड्पुँला, रोउँला, विलाप गरुँला। तिम्रो प्रतिक्षामा एक एक पल निमेष निमेष जलुँला र जिउँला राम जस्तै। मेरी सीता मैले प्रत्यञ्चा चढाइसकेँ के तिमी मलाई वरण गर्न तयार छौ? @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]