सडक छेउ भित्तामा
टाँसिएको थियो
कुनै नौजवानको फोटो
र लेखिएथ्यो-
‘मानिस हराएको सूचना’
सोच्छु,
साँची ति हराएकाहरु
घर फर्किए कि फर्किएनन् होला?
अथवा
गए कतै भने पनि
कता गए होलान्?
पाए होलान् त
आफूले रोजेको जीवन?
भेटे होलान् त
आफ्नो सपनाको क्षितिज?
पुगे होलान् त
चाहनाको गन्तव्यमा?
कि कतै
भड्किएर हराए विरानो शहरमा?