रावणसँग युद्ध हार्ने रामहरु देखेको छु
रामनामको मन्त्र जप्ने हरामहरु देखेको छु।
बोलीभित्र एउटा कुरा, मनभित्र अर्कै कुरा
सान्त्वनाको बोली बोल्ने तमामहरु देखेको छु।
रहस्यको भारी बोकी हिँड्नेहरु प्रसस्तै छन्
खुल्न बाँकी धेरै बन्द खामहरु देखेको छु।
अपराधी एउटा हुन्छ, शूली चढ्ने अर्कै हुन्छ
सुगन्धको आवरणमा विरामहरु देखेको छु।