मेरो यादमा तिम्रो मुटु दुख्छ अनि चाल पाउँछौ
विकल्पमा चयन जब चुक्छ अनि चाल पाउँछौ ।
उदाङ्ग छ यतिन्जेल त जवानीका ज्वालाहरु
मनको ज्वाला सेलाइ जब सुक्छ अनि चाल पाउँछौ ।
छिनभरलाई नि आँखा चिम्ली सोचीहेर आफूलाई
यौवन सारा शिथिल भइ रुक्छ अनि चाल पाउँछौ ।
ठाडो शिर उभिनलाई संघर्ष छ दुनियाँमा
जितेपनि जित जब झुक्छ अनि चाल पाउँछौ ।