निस्पृहता थियो
उर्जा थप्न खोजेँ
र जीवन सुम्पिदिएँ।
भ्रम थियो
परिभाषा खोजेँ
र शब्द सुम्पिदिएँ।
खरानी थियो
मैले खोजेँ
प्रेमको सानो झिल्को
र आहुति बनिदिएँ।
कस्तो सुनसान!
कस्तो नीरवता!
उल्टो
मौन बनेर पो बाँचिरह्यो समय !
मैले बुझ्नुपर्थ्यो
शून्यमाथि शून्य थपे
शून्यता बाँकी रहन्छ…