एउटा धमिलो दिन थियो

धमिलो थियो आकाश धुम्म दिन धुम्म बाटो कतै शीत पो तप्किन्छ कि! तर देखिएन आँखै सामुन्नेको ढुङ्ग्यान सडक ठेस पो लाग्छ कि ! मन पनि वेचैन छ, तर के छ ? क्लान्ति, तृषा, भ्रान्ति, अवसाद.. रुमल्लिँदो मन लिएर मैले ईश्वर सम्झिएँ र हत्केला फैलाइदिएँ- शीत तप्कियो मैले तिमीलाई सम्झिएँ.. @ विस्मय ! 0 Facebook 0 […]

पख्नुस्

पख्नुस् अझै एक पाइला चाल्नै बाँकी छ । पख्नुस् अझै एक खुट्किलो उक्लनै बाँकी छ । पख्नुस् अझै एक डाँडो टेक्नै बाँकी छ । यात्रा त लामै थियो हिँड्न धेरै थियो । हिँडे पनि लामो बाटो समयका कुइनेटा र गल्लीहरुमा घुम्दा घुम्दै अल्मलिँदा अल्मलिँदै थोरै विलम्ब भयो । त्यत्ति हो.. हेर्नुस् त! तपाईँले असम्भाव्य भनेका […]

अर्थ

मनको मन बुझ्नु र सम्हाल्नु आफ्नै मनलाई  मनदेखि अमन हुन । सम्बन्धको सम्बन्ध पर्गेल्नु र केलाउनु परिभाषा सम्बन्धकै सम्बन्धको । धेरै अर्थ हुन्छ एउटै बोलीको पनि बोलीको बोली खुट्याउनु र सुन्नु शब्दभित्रको अर्थलाई । धेरै फरक पर्छ अर्थमा पनि- म अर्थको अर्थ नबुझेर घण्टौँ अल्मलिएको छु । @ विस्मय ! 0 Facebook 0 Twitter 0 […]

फोहोरको कथा- सौगात नजराना

शहरको कुनै साघुँरो गल्लीको साघुँरै बाटोको एक छेउमा असरल्ल परेको फोहोरको एक थुप्रो जस्तै भएको छु जसलाई तिम्रै हातले फालेको थियो। अन्तिम पटक हेर त, यहाँ म जस्ता हजारौँ थुप्राहरु छन् तिमी जस्तै बाट फालिएका, म त्यो साँघुरो बाटोको एक छेउमा लम्पसार परेर फराकिलो सोचमा सोचिरहेछु, जो फोहोर हाल्ने गाडीमा समेत अटेन। त्यो गाडीमा नअटनुमा […]

तितो लाग्छ

तितो लाग्छ जति जे छ, आफन्तको कुरै के छ! तितो लाग्छ हरेक क्षण, जस्तो- ति~तो समय छ। तितो लाग्छ घाम पानी, जूनको शितल तितो लाग्छ। तितो लाग्छ भोग विलास, सुख सयल तितो छ। सम्बन्ध छन् झनै तिता, प्रेमील कुरा तितो लाग्छ। तितो लाग्छ- बोली, भाका हेर्ने आँखा तितो लाग्छ। @ विस्मय ! 0 Facebook 0 […]

बिहान हुँदैथियो

एउटा विभत्स सपना थियो टुट्यो । एउटा कालो रात थियो घर्कियो । कहालीलाग्दो अँध्यारो थियो हट्यो । असहज निद्रा थियो ब्युँझियो । उघ्रिँदै थियो टाढा कतै कलिलो क्षितिज रातै पोतिएर… बिहान हुँदैथियो घाम उदाउँदै थियो । @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

मेरा जीवनका यात्रीहरु

जे थियो- इतिहास भयो जे छ- त्यसको मतलब छैन जे हुनेछ- कसलाई थाहा छ र? थाहा छ- जीवनका गल्ली र मोडहरुमा कोही आउँछ बस्छ र जान्छ। जस्तो- डाँडाको चौतारो: कोही आउँछ थकाई मार्छ र निस्कन्छ यात्रामा। ए छुटेर गएका यात्रीहरु हो! मैले बुझेको छु गन्तव्यको महत्व र त जान दिएको छु! चुपचाप… @ विस्मय ! […]

स्वप्नचुम्बन

एकाएक मधुर रसझैँ केही रसायो ओठभरी। मानौँ- भर्खरै चाखिएको गुलियो आँप मानौँ- भर्खरै चुस्की भरेको मिठो चिया मानौँ- भर्खरै आँत भिजाएको स्वादिलो सर्बत मानौँ- भर्खरै चुमेका प्रियसीका ओठ… मानौँ- हुनसक्छ जे पनि हुनसक्छ… प्रिय के तिमीले सपनामा भर्खरै मेरा ओठ चुमेकी थियौ? @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber […]

वसन्त

कतैतिर छ प्रेमको उत्साह र उमङ्ग छ। कतैतिर विरहको धुम्म छ, वेरङ्ग छ। कतैतिर विरक्तको राग चल्छ नि:शब्दको । कतैतिर मधुरो त्यो धून बज्छ मिठासको । कतैतिर फुलेसरि शितझैँ त्यो पातमा । कतैतिर छ फुङ्ग त्यो चुँडिएझैँ प्रभातमा । @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

विजय मल्लको कथा- कालो चस्मा

सिमसिमे पानी परिरहेको छ । मैले स्वास्नीलाई आज राति घर फर्कन्नँ भनेर साँझपखै बाहिर निस्केको थिएँ । तर निशि्चत समयभन्दा अगाडि नै काम सिद्धियो । म रातको दुई बजेतिर घर फर्केँ । मलाई थाहा थियो, घरको सामुन्नेको ढोका बन्द रहन्छ । त्यसैको पछाडिको ढोका, जो कहिलेकाहीँ बिर्सिएर खुलै रहन्छ या खुला नरहेको खण्डमा जोडले हल्लायो […]