पख्नुस्

पख्नुस्
अझै एक पाइला चाल्नै बाँकी छ ।
पख्नुस्
अझै एक खुट्किलो उक्लनै बाँकी छ ।
पख्नुस्
अझै एक डाँडो टेक्नै बाँकी छ ।

यात्रा त लामै थियो
हिँड्न धेरै थियो ।
हिँडे पनि लामो बाटो
समयका कुइनेटा र गल्लीहरुमा
घुम्दा घुम्दै
अल्मलिँदा अल्मलिँदै
थोरै विलम्ब भयो ।
त्यत्ति हो..

हेर्नुस् त!
तपाईँले असम्भाव्य भनेका
गल्छीहरु छिचोलेर आएको छु
पख्नुस् न
अब थोरै यात्रा बाँकी छ ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *