कतैतिर छ प्रेमको
उत्साह र उमङ्ग छ।
कतैतिर विरहको
धुम्म छ, वेरङ्ग छ।
कतैतिर विरक्तको
राग चल्छ नि:शब्दको ।
कतैतिर मधुरो त्यो
धून बज्छ मिठासको ।
कतैतिर फुलेसरि
शितझैँ त्यो पातमा ।
कतैतिर छ फुङ्ग त्यो
चुँडिएझैँ प्रभातमा ।
कतैतिर छ प्रेमको
उत्साह र उमङ्ग छ।
कतैतिर विरहको
धुम्म छ, वेरङ्ग छ।
कतैतिर विरक्तको
राग चल्छ नि:शब्दको ।
कतैतिर मधुरो त्यो
धून बज्छ मिठासको ।
कतैतिर फुलेसरि
शितझैँ त्यो पातमा ।
कतैतिर छ फुङ्ग त्यो
चुँडिएझैँ प्रभातमा ।