तितो लाग्छ जति जे छ,
आफन्तको कुरै के छ!
तितो लाग्छ हरेक क्षण,
जस्तो- ति~तो समय छ।
तितो लाग्छ घाम पानी,
जूनको शितल तितो लाग्छ।
तितो लाग्छ भोग विलास,
सुख सयल तितो छ।
सम्बन्ध छन् झनै तिता,
प्रेमील कुरा तितो लाग्छ।
तितो लाग्छ- बोली, भाका
हेर्ने आँखा तितो लाग्छ।