समय

समय त त्यतिबेला पनि थिएन
तर उबारेको थिएँ
एक घाम मध्यान्ह तिम्रो लागि ।

घाम डुब्यो- समय सकियो
अब त
मुस्किलले सास फेर्ने
फुर्सद छ यहाँ ।
बसिबियाँलो थकाइ मार्ने
समय नै कहाँ छ र ?

हजार याचनाहरु छन्
एक ठेली पुस्तकभित्र पनि नसमेटिने
तिमीलाई
एक शब्दमा बताउन
मसँग समय छैन ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *