बदलाव जरुरी’थ्यो- गजल

एकैनास हुन्न सधैँ, बदलाव जरुरी’थ्यो
कोही यसै बदलिँदैन, दबाव जरुरी’थ्यो ।

कारोबार थ्यो पुरानो, रफादफा बाँकी नै थ्यो
बहीखाता मिलाउनथ्यो, हिसाब जरुरी’थ्यो ।

जिन्दगी हो बगिराख्छ, एकै लय एकै गति,
बगिराख्नु नियति थ्यो, बहाव जरुरी’थ्यो ।

जीवन चल्न- राजनीति झैँ, आउनेहरु जान्छन् पनि,
मनको सत्ता बदल्नलाई, चुनाव जरुरी’थ्यो ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *