तिम्रो मुहार बोलिरा’छ

मलाई था’छ!
तिम्रो मुहार बोलिरा’छ।

व्यथित छ मन अनि
छ मनको ऊहापोह।
सुस्केरा र खल्बलीको
आरोह र अवरोह।

मनमा छ- जति जे छ!
आँखाबाटै खुलिरा’छ।
सबै था’छ!
तिम्रो मुहार बोलिरा’छ।

मलाई था’छ, के भा’छ!
पिरैपिर छ- दुखिरा’छ।
मुस्कुराउँछौ, ठिक छ भन्छौ
तर था’छ!
तिम्रो मुहार बोलिरा’छ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *