रङ्ग

ढोकाबाट ढोकाभित्रै हेरे
देखिन्छ-
भित्ताको पर्खाल
कोठाको चौकोस
झ्याल
र काठका फर्निचरहरु ।

जसरी
आफूबाट आफैँतिर मात्र फर्किए
केवल देखिन्छ
आफैँभित्रको आफू
र मनभित्रका असरल्ल विचारहरु ।

रङ्ग भर्न त रङ्ग चाहिन्छ
जसरी
मन भर्न चाहिन्छ
अर्को मन
जसरी
पानीमा पानी मिलाउँदैमा
बदलिन्न पानीको रङ्ग ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *