तिम्ले भुल्नु एउटा कुरा मैले भुल्नु एउटा कुरा,
भुल सम्झी भुल्न खोज्नु या नभुल्नु एउटा कुरा ।
नसोचेको यात्रा थियो नसोचेरै बाटो टुट्यो,
अनाहकमै भेटिएथ्यौँ थाहै नपाई मोह छुट्यो ।
मन बुझाउनु एउटा कुरा नबुझाउनु एउटा कुरा,
मनै न हो अडिँदैन, अन्तै डुल्नु एउटा कुरा ।
हो था छ, त्यो यात्रा थियो, गन्तव्य त जरुर थियो,
जानाजानी अन्जानीनु दुबैको त्यो कसुर थियो ।
बोल्ने रहर होला सायद यता जस्तै त्यता पनि,
मन खोल्ने मन हुनु या नखोल्नु एउटा कुरा ।