जिन्दगीमा केही चिजको भ्रम थियो सकियो
आउने अनि निस्किनेको क्रम थियो सकियो।
चिस्सिएसी सम्बन्धको महत्व नै कहाँ हुन्छ?
सेलाउन ठिक्क कतै तापक्रम थियो सकियो।
एकोहोरो याद हुन्छ- सम्बन्धले साथ खोज्छ
एकोहोरै लगाव अनि श्रम थियो सकियो।
जिन्दगीमा केही चिजको भ्रम थियो सकियो
आउने अनि निस्किनेको क्रम थियो सकियो।
चिस्सिएसी सम्बन्धको महत्व नै कहाँ हुन्छ?
सेलाउन ठिक्क कतै तापक्रम थियो सकियो।
एकोहोरो याद हुन्छ- सम्बन्धले साथ खोज्छ
एकोहोरै लगाव अनि श्रम थियो सकियो।