चियासँग संवाद गर्छु

जब
पुषको ठिहीले अत्याउँछ
र ठिहिर्‍याउँछ भित्रैबाट।

जब
चिस्सिन्छ मन,मष्तिस्क र आत्मा
कसैको अभावमा।

जब
कहाली बन्छन् जीवनका कहानीहरु
र बज्न थाल्छ अन्यौलको सारङ्गी।

जब
बिउँझिएपछि झस्काउन आउँछन्
राती देखिएका विभत्स सपनाहरु।

ए चिया~
तँ नहुँदो होस् त
मेरो दिन कस्तो हुन्थ्यो होला?