अनुत्तरित प्रश्न

कति पर पुग्नुछ?
कसलाई त्यहाँ भेट्नुछ?
कती कर्म गर्नुछ?
कती याद मेट्नुछ?

कती मान्छे मोडैपिच्छे
ठोकिनु र छुट्नुछ?
कती नाता जोड्नुछ
र कती मुटु टुट्नुछ?

को छ र समेट्ने यो,
कसलाई कहाँ भेट्ने हो?

जीवन यो कहाँसम्म
अझै कति अन्यौल छ?
शून्य, खाली सबैतिर
यसको कहाँ निर्क्यौल छ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *