खुट्टा छ, हिँड्दैन
ओठ छ, बोल्दैन
आँखा छ, हेर्दैन
कान छ, सुन्दैन…
मेरो कल्पनाको ईश्वर
यस्तो थिएन।
बिल्कुलै थिएन!
ऊ त बरु-
वाचाल थियो
चञ्चल थियो।
कालको बहाव बुझ्थ्यो
र थियो मभन्दा विशाल।
तिम्रो ईश्वर
मूक छ, मौन छ
जड छ, अचेत छ!
म अब
नयाँ ईश्वरको सृष्टि गर्दैछु..