अलिकति श्वास छ, अलिकति आस छ,
अलिकति जिन्दगी, यता आफ्नो पास छ ।
याद छ त्यो पल, पल-पलका यादहरु,
हृदयनै सुकाइदिने, विरहका उन्मादहरु ।
अलिकति बिरानो छ, अलिकति खास छ,
अलिकति जिन्दगी, यता आफ्नो पास छ ।
बिग्रिएको लेखान्त छ, जसको कुनै तब्दील छैन,
कहानीलाई उचाइ दिने, अर्को कुनै मञ्जिल छैन।
अलिकति होस छ, अलिकति अत्यास छ,
अलिकति जिन्दगी, यता आफ्नो पास छ ।
अलिकति श्वास छ, अलिकति आस छ,
अलिकति जिन्दगी, यता आफ्नो पास छ ।