कोही
यस्तरी पनि बदलिन्छ कि
जसरी
बिस्तारै बदलिन्छ साँझको क्षितिज
र सुस्तरी फेरिन्छ रङ्ग ।
कोही
यसरी छुटेर जान्छ जिन्दगीबाट
जसरी
चुँडिएर जान्छ लट्टाइको धागो
र हराउँछ चङ्गा
अनन्त आकाशमा ।
कोही
यस्तरी पनि बदलिन्छ कि
जसरी
बिस्तारै बदलिन्छ साँझको क्षितिज
र सुस्तरी फेरिन्छ रङ्ग ।
कोही
यसरी छुटेर जान्छ जिन्दगीबाट
जसरी
चुँडिएर जान्छ लट्टाइको धागो
र हराउँछ चङ्गा
अनन्त आकाशमा ।