धुँवा उडेको आकाशबाट
देखिँदैन धर्ती
जङ्गलको बिचबाट
सुनिँदैन गाउँको हल्ला
समुद्रको मध्यबाट
हेर्न सकिँदैन किनाराको रुख।
तिमी यती टाढाबाट
मलाई छाम्न खोज्दैछौ!
भेट्यौ त मुटुको धड्कन?
महसुस भयो त स्पन्दन?
के भेट्थ्यौ त
त्यती टाढाबाट?
मलाई भेट्न त
पहिला मसम्मै आइपुग्नपर्छ।