छुट्दै गए
मूलबाटोमा अपलक हेरिरहेका आँखाहरु
छुट्दै गए
किनारामा हल्लाइरहेका हातहरु
छुट्दै गए
घुम्ती अनि बाटाहरु
छुट्दै गए
स्ट्याण्ड र स्टेसनहरु।
छुटेका ति थिए
या म थिएँ?
जसरी
गाडीभित्रबाट देखिन्छ
कुदिरहेका रुखहरु।
जसरी
छुट्छ गाडी र
उभिरहन्छ रुख।
एउटा भ्रम थियो- मुक्त भयो…