अञ्जान प्रेम

अञ्जान थिए सुरुवातमा
अञ्जानै‍ बनेर आए
र मित्रताको हात बढाए।

अञ्जान- मित्र बने
मित्र- प्रेमी बने।

प्रेमको बदलामा प्रेम
सम्बन्धको मूल्य सम्बन्ध।
के नै दिन सक्थेँ र म?

कुरो अधिकारको थियो
मनमा, शरीरमा
भौतिक, अभौतिक।
दिँदै गएँ
लिँदै गएँ।

बिस्तारै
प्रेम एक व्यापार बन्यो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *