सुस्तरी चुमेँ उसका हत्केला

सुस्तरी
एकदमै सुस्तरी चुमेँ
उसका हत्केला
यस्तो लाग्यो
म पूर्ण हुँदैछु।

अपूर्णताबाट पूर्णताको यात्रा
अप्रेमबाट प्रेमको यात्रा
उद्वेलनबाट शान्तिको यात्रा
अस्थिरबाट थिरताको यात्रा
शून्यबाट अनन्तको यात्रा..

बिस्तारै
अति नै बिस्तारै चुमेँ
उसका हत्केला
यस्तो लाग्यो
म आकाश छुँदैछु।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *