चिया सेलाइरहेछ

छेवैको टेबलबाट
भर्खरै एउटा जोडी छुट्टियो
झगडा परेर।
अर्को टेबलमा
एउटा जोडी बसिरहेछ
एक अर्कामा बेरिएर।

नजिकै कतै
दुर्घटना भएछ क्यार
साइरन बजिरहेछ
मान्छे दौडिरहेछन्।

म मौन छु-
यो कोलाहलदेखि
यो प्रपञ्चदेखि

म किन मौन छु?
जवाफ पाउँदिनँ
र मौन बस्छु।

बाफ उडिरहेछ
चिया सेलाइरहेछ..

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *