बोलेको कुरा सम्झेर राख
यो जीवन तिम्रै भो ।
दिएको वचन लेखेर राख
यो जोवन तिम्रै हो ।
ढाँटेको होइन- बुझ न प्यारी
माया छ अथाह ।
सम्झेर बस्छु दिनरात- मनमा
तिम्रै र पर्वाह ।
साँचेर राख्नु मायाको चिनो
भेटमा दिनु है !
म पनि प्रीति सम्हाली दिउँला
लजाउँदै लिनु है !