दुवैजना चुपचाप हुँदा फरक पर्छ सम्बन्धमा
मनभित्र सन्ताप हुँदा फरक पर्छ सम्बन्धमा।
आँशु झर्छ यथार्थ हो, मन रुँदा भक्कानिँदा
एकोहोरो प्रलाप हुँदा फरक पर्छ सम्बन्धमा।
मर्यादाको सीमारेखा झिनो हुन्छ, देख्नुपर्छ
अर्कैतिर झुकाब हुँदा फरक पर्छ सम्बन्धमा।
सन्तुलनको तराजुमा अडिएको सम्बन्ध छ
एकैतर्फी दबाब हुँदा फरक पर्छ सम्बन्धमा।