रोकिएँ म यतैतिर पर्खाल देखि उता के छ?
पर्दा लाग्यो बत्ति निभ्यो झ्याल देखि उता के छ?
भिड थियो हराएँ म अल्मलिएँ भिडभित्र
छिचोलेर कोलाहलको बगाल देखि उता के छ?
जवाफ खोज्दै आँखाभरी बत्तिएँथेँ त्यतैतिर
हेर्न मन छ एकोहोरो सवाल देखि उता के छ?
अस्तव्यस्त सम्बन्ध छ अस्तव्यस्त मान्छेहरु
अस्तव्यस्तै शहरको यो बेहालदेखि उता के छ?