एउटा हवस थियो मनमा
तिमीले छोयौ
र त्यो प्रेममा बदलियो ।
जसरी
एकै थोपो दूधले बदल्छ
पानीको रङ्ग ।
जसरी
एउटै जूनले बदल्छ
रातको आकाश ।
जसरी
एउटै मन्त्रले बदल्छ
मनको भाव ।
जसरी
एउटै स्पर्शले बदल्छ
जीवनको स्वरुप ।
एउटा रावण थियो मनमा
तिमीले छोयौ
र त्यो राममा बदलियो ।