हिँड्छ-
तर हिँडाइमा संवेग छैन
बोल्छ-
तर बोलीमा छैन प्राण
खान्छ- तर बिनास्वाद
हेर्छ- तर मृत आँखाहरुले
छुन्छ- तर छैन स्पर्शको स्पन्दन
फलामको मुटु बोकेर
कोही मेरो छेउ आयो
र अनौठो लवजमा बर्बरायो
मानौँ,
कुनै यन्त्रमानव होस्
नीरस, निर्जीव, निस्प्राण…
म सोचिरहेँछु,
दुरुस्तै मान्छेको स्वरुप बोकेको
साँची- त्यो को थियो?