मान्छे असल थियो

मान्छे असल थियो-
असल सोच्थ्यो,असल बोल्थ्यो,
असल हेर्थ्यो,असल गर्थ्यो।

ऊ त्यती असल थियो…

एकदिन-
भिड चिच्यायो:
‘मान्छे पनि असल हुन्छ कतै?
असल त केवल भगवान हुन्छन्!’

त्यही दिन भिडले उसलाई मारिदियो।

मान्छे असल थियो- मर्‍यो।
अहिले-
गाउँमा उसको नामको मन्दिर छ।