हर बिहान-
चियाको मिठो हरकले
बिउँझाउँछ मलाई
र
तङ्ग्राउँछ पातला चुस्कीहरुले।
हर बिहान-
भालेको पहिलो डाकमै
आइपुग्छ कलकलाउँदो रहर।
हर बिहान-
घामको पहिलो स्पर्श
सुम्सुम्याउँछ कलिला किरणहरुले।
हर बिहान-
चियाका हरेक घुट्कीहरू
बोकेर आउँछ अतितको मिठो सम्झना।