जीवनको पाना

दूधे बच्चा-
बिस्तारै बिउँझिएझैँ।

सुहागरातमा बेहुलीले-
सुस्तरी घुम्टो हटाएझैँ।

लामो झरीपछिको पहाड-
छ्याङ्ग उघ्रिएझैँ।

फेरी अर्को बिहान झुल्किएछ
मानौँ-
बिस्तारै उघ्रिँदैछ
जीवनको अर्को पाना…