साँझतिर

त्यही के त! उही ठाउँमा- भेटौँला साँझतिर।
मन खोलेर मनका कुरा- मेटौँला साँझतिर।।

धेरै भयो! के छ कुन्नी ! खबर बुझ्न पाको छैन,
भूल केही थिए जरूर- समेटौँला साँझतिर।।

ति पुराना याद अनि- साथ ल्याउनु सबै कुरा,
तिम्रा कुरा मेरा कुरा- सँगेटौँला साँझतिर।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *