धैर्य राख

धैर्य राख-
बिस्तारै हट्नेछ धुलोको आतङ्क
बिस्तारै झर्नेछ शितल झरी
बिस्तारै फुट्नेछ सुखको मूल
बिस्तारै थाक्नेछ पोलेको घाउ।

धैर्य राख-
समय हो सबै कुरा

धैर्य राख-
धैर्य नै हो सुखको खोज।

एकदिन सबै आउनेछ फर्केर
एकदिन त~
समय आउनेछ।

धैर्य राख
केवल आजलाई धैर्य राख…

Leave a Reply

Your email address will not be published. Required fields are marked *