जहाँबाट सुरु हुन्छ-
सृष्टिका कारण अकारणहरु ।
जहाँबाटै छुट्छ र फर्किन्छ-
सत्व, रज र तमोगुण।
जसकै कारण चल्छ-
ब्रह्माण्डको सारा नियम ।
जहाँबाटै निस्कन्छ र बिलाउँछ-
जगत्को आदि, मध्य र अन्त्य ।
उही ब्रह्मदेखी, उही जीवनमा
उही विराट रुप त- उही कणकणमा ।
उही धाता, उही विधाता
उही ज्ञान त- उही ज्ञाता ।
रुद्रं चरण शरणम्
सत्यम् शिवम् सुन्दरम्…