जानेहरु
केवल आफूमात्रै जाँदैनन् ।
साथमै लैजान्छन्
एउटा भर्भराउँदो सपना
अनेकौँ यादगार क्षणहरु
हजारौँ वाचा-बन्धनहरु
साथ निभाउने प्रणहरु
अनि
एक एक गरि सँगालेका
अनेकन् साना मसिना किस्सा कहानीहरु ।
जानेहरु
केवल आफू मात्रै जाँदैनन् ।
आफूसँगै लिएर जान्छन्
कसैको जीवनप्रतिको जिजीविषा ।
1 Comment