अपूर्ण

टुक्रा टुक्रामा बाँडिएका छन्
संसारका यावत् कुराहरु।

हेर त!
कसरी
थोपा थोपा पानी

खण्ड खण्ड नदी
अलग अलग बाटो
अनि अलग अलग यात्रा मिसिएर
फैलिएको हुन्छ विशाल समुद्र!

सुन्दर कुरा~
अपूर्ण छ र त सुन्दर छ
सुन्दर छ र त अपूर्ण छ!

म त
ईश्वरमा समेत विविधता खोज्ने मान्छे
अनि तिमी ठान्छौ
म पूर्ण बनुँ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *