केही फरक भएर फर्किनेछु

गन्थन पनि सुन्नुपर्थ्यो मैले
तर हराएँ
आफ्नै मनको भ्रम-विभ्रममा।

साना मसिना कुराहरु पनि
महसुस हुनुपर्थ्यो
तिमीले सुनाएका
तर खोजेँ तिमीभित्र
कुनै विराट शान्ति
आकाशजस्तै फैलिएको।

चुकिन्छ
सम्बन्धमा चुकिन्छ
गल्ती थियो?
सायद थियो!

अब फेरि
फर्किएँ भने कतै
केही फरक भएर फर्किनेछु।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *