उठ्नु र मुस्कुराउनु
एउटा अर्को बिहान देखियो भनेर।
सुस्तरी पिउनु
चियाको चुस्की लिएर
र सुस्ताउनु
मनभित्र यताउता।
अलिकति प्रेम दिनु
अलिकति प्रेम लिनु
अनि हेर्नु
आफ्ना प्रियमनहरुका अनुहारमा
आँखाहरुमा
र मुस्कुराउनु।
सत्य हो-जीवन कठिन छ
तर
दिनु थोरै समय
आफ्नै जिन्दगीलाई पनि..
जीवन
त्यती कठिन पनि छैन।
