जीवनभन्दा ठूलो गुरु
को छ र संसारमा?
दु:खले सिकाउँछ-
काँडाको महत्व
यात्राले सिकाउँछ-
भिर र समथरको फरक
प्रेमले सिकाउँछ-
सम्बन्धलाई बचाइराख्न
सपनाले सिकाउँछ-
जीवनको मूल्य
हरपल, हरक्षण
हर मोड र हर गल्लीहरुमा
लर्खराउँदै हिँडिरहँदा
औँला समाई डोहोर्याइरहे
मेरा गुरुहरु..